स्वास्थ्य बीमाको सेवा अब तेस्रो महिनाबाट लागू हुने
स्वास्थ्य बीमा बोर्ड, बबरमहलले बीमित व्यक्तिहरूको लागि स्वास्थ्य बीमाको सेवा सुविधा लागू हुने समयावधिमा परिवर्तन गरिएको सूचना जारी गरेको छ। अबदेखि बीमा दर्ता भएको महिनाको तेस्रो महिनाबाट सेवा सुविधा प्राप्त हुने छ।
यस्तो सुविधा व्यवस्था २०८२ साउन १ गतेदेखि कार्यान्वयनमा आउने छ ।
यसअघि बीमा गरिएको महिनापछि छैटौँ महिनाबाट मात्र सेवा सुविधा उपलब्ध हुने व्यवस्था थियो। उक्त ढिलाइका कारण धेरै नागरिकहरू आवश्यक स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुँदै आएका थिए।
स्वास्थ्य बीमा नियमावली, २०७५ (पहिलो संशोधन २०८२) अनुसार अब बीमालेखा दर्ता भएको महिनाको तेस्रो महिनाबाटै सेवा सुविधा प्राप्त गर्न सकिनेछ।
बोर्डले यो परिवर्तनले नागरिकहरूको सेवा पहुँचमा सहजता ल्याउने र बीमा कार्यक्रममा आकर्षण बढाउने विश्वास व्यक्त गरेको छ।
हेल्थपाटी 
तपाईँको अभिमत