पछिल्लो २४ घण्टामा ५ सय १७ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय १७ जनामा कोरोना पुष्टि भएको छ । ४ सय ६० जना पिसिआर र ५७ जना एन्टीजेन परीक्षणमा गरी ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ३ हजार ६ सय ८ जना आइसोलेसनमा छन् । २४ घण्टामा ५ हजार २ सय ३ जनाको पिसिआर परीक्षण भएको छ ।
यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख २१ हजार ६ सय ७० पुगेको छ । गएको २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ५८ पुगेको छ । हाल ८५ जना क्वारेन्टाइनमा छन् । आज १ सय ५३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७४ हजार ३ सय १८ जना पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये २ सय १ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १ सय ६१, ललितपुरमा २८ र भक्तपुरमा १२ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत