नेपालमा कोरोना विरुद्ध खोप लगाउनेको संख्या २ करोड नाघ्यो
अ +
अ -
नेपालमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २ करोड नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ करोड ५ लाख १ हजार ८१० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउनपर्ने थियो ।
गत माघ महिनादेखि चलिरहेको कोरोना खोप अभियानमा १ करोड १२ लाख ६० हजार ५४९ जनाले एक मात्रा र ९२ लाख ४१ हजार २६१ ज्नाले दुवैमात्रा खोप लगाएका छन् ।
नेपालमा अहिलेसम्म २ करोड ९४ हजाख ५३ हजार ७३० मात्रा खोप प्राप्त भएको छ । कोभिशिल्ड, भेरोसेल, एष्ट्राजेनेका, जोनसन एण्ड जोनसन, फाइजर खोपको प्रयोग भइरहेको छ भने मोर्डना खोप भने पुस ४ देखि १४ गतेसम्म ५७ वटा जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाइदैछ । मो
हेल्थपाटी 
तपाईँको अभिमत