‘बीपी अस्पताल डुब्नुको मुख्य कारण बाहिर औषधि किन्नु देखियो’
अ +
अ -
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धराशायी हुनुको मुख्य कारण अस्पतालबाहिर औषधि किन्नु रहेको बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा उहाँले यस्तो बताउनुभएको हो ।
मेयर राईले अस्पतालकै फार्मेसीबाट औषधि किन्न आग्रह गर्नुभएको छ । ‘बीपी अस्पतालमा अप्रेसन गर्दा या इमर्जेन्सी या वार्डमा भर्ना हुँदा लाग्ने जति सबै औषधि अस्पतालकै फार्मेसीमा किन्नु होला’, उहाँले भन्नुभएको छ, ‘अस्पताल डब्नुको मुख्य कारण त्यहाँबाट बाहिर औषधि किन्नुपर्ने भन्ने पनि कारण देखियो !’
उहाँले बिरामीका आफन्त तथा कुरुवालाई आफूले गराउनुपर्ने परीक्षणहरू अस्पतालमै गर्न पनि आग्रह गर्नुभएको छ ।

हेल्थपाटी
तपाईँको अभिमत