वीर अस्पताल अगाडिका फार्मेसीमा डोजर, २ वटा किन भत्काइएन?
औषधि पसल सञ्चालनका लागि भाडामा दिइएको वीर अस्पतालको पुरानो भवनमा काठमाडौं महानगरपालिकाले डोजर लगाएका छ ।
बिहीबार दिउँसो काठमाडौ महानगरपालिकाले वीर अस्पतालको पुरानो भवन अगाडि र नयाँ भवनको कम्पाउण्डसँगै जोडिएका औषधि पसलहरू भत्काएको हो।
वीर अस्पताललाई लक्षित गरी त्यहाँ वर्षाै पहिलेदेखि फार्मेर्सीहरु सञ्चानलमा थिए।
फार्मेसी हटाउन बुधबार २४ घण्टे अल्टिमेटम दिइएको र बिहीबार २४ घण्टा पूरा भएपछि डोजर लगाइएको महानगर प्रहरीले बताएका छन्।
बिहीबार दिउँसो १ बजेतिर महानगरले औषधि पसलमाथि डोजर लगाएको थियो।
दिउँसो साढे ३ बजे त्यहाँ पुग्दा फार्मेसीहरू लथालिंग अवस्थामा थिए। कोही पसलेहरू औषधि उठाएर हिँडिसकेका थिए।
कोही औषधिहरु पोका पारेर बाहिर ओसार्दै थिए, कोही गाडीमा राख्दै थिए।
औषधि गाडीमा हालेर घर लैजान लागेको व्यवसायीले बताए। अब कता बेच्ने विकल्प नभएको व्यवसायी भन्दै थिए । ‘खै के गर्ने कहाँ लाने ? अब कपडा जस्तै सेलमा भनेर कराएर बेच्ने पो होकि ?’ ती व्यवसायीले भने।
कवाडीवालाहरू भत्किएका संरचनाबाट तार, फलामका टुंक्रा टिपिरहेका थिए । अन्य समानहरु पनि टिप्नका लागि दाउ हेरिरहेको देखिन्थ्यो।
वीर अस्पतालको इमर्जेन्सी अगाडि सडकमा केही मान्छे झुरप्प जम्मा भएका थिए। केही क्यामेरा तेर्स्याउनेहरू पनि थिए ।
महानगरप्रमुख बालेन्द्र शाहको काम राम्रो होकि होइन भनेर भीडमा बहस चलिरहेको थियो। बीचमा एक व्यक्ति बालेनको पक्षमा चर्काे–चर्काे स्वरमा अभिव्यक्ति दिइरहेका थिए।
यो लाइनमा लहरै रहेका ४–५ वटा फार्मेसी भत्किए पिन महावौद्ध साइटपट्टिका २ वटा मार्फेसी भत्किएका थिएनन् ।
ती २ वटा पसलमा औषधि किन्न ग्राहक झुम्मिएका थिए । ती दुई पसल पनि वीरकै कम्पाउण्डमा जोडिएको भए पनि भत्काइएको थिएन ।
ती पसल गुठीका संरचनामा बनेको भएर भत्काउन नमिल्ने त्यहाँ अगाडि भेटिएका एक वृद्धले सुनाए । पछाडि एउटा मन्दिर छ । त्यही मन्दिरको गुठीको जग्गामा बनेका टहरामा सत्यम र उपकार नाम गरेका २ वटा फार्मेसी सग्लै थिए।
‘अब यी फार्मेर्सीको दिन आयो’ भीडमा एकजना भन्दै थिए।
वीर अस्पतालमा उपचार गर्न आउने बिरामीहरुले सबैभन्दा धेरै औषधि किन्ने पसलहरु भत्काइएका मध्ये थिए।
उक्त भवन भन्दा पछाडि अहिले नयाँ भवन बनेको ठाउँमा यसअघि नर्सिङ क्याम्पस र क्वाटरहरु थिए । नर्सिङ कार्यक्रम समेत बन्द भएपछि पुराना संरचना भत्काएर नयाँ भवन बनेको हो ।
अन्य पूराना संरचना भत्काइए पनि यो भवन भने भत्काइएको थिएन । वीर अस्पतालका एक कर्मचारीले दिएको जानकारी अनुसार अस्पतालले ठाउँ खाली गर्न उहिल्यै नै फार्मेसीहरुलाई निर्देशन दिएको थियो ।
डा.केदार सेञ्चुरी निर्देशक रहेकै बेला ठाउँ खाली गर्ने भनिएको थियो। औषधि पसलेहरुले कोभिडको समय भएको जस्ता कारण देखाउँदै अदालतबाट आन्तरिम आदेश ल्याएर वीर अस्पताललाई रोकेको ती कर्मचारीले बताउनुभयो।
माथिल्लो तलामा हाल वीर अस्पतालको नयाँ भवन बनाउने ठेकेदारले कार्यालय राखेका थिए ।
अहिले उक्त भवन रहेको स्थान नक्सामा बगैँचा भनेर उल्लेख गरिएकाले बगैँचा नै बनाउनु पर्ने भन्दै महानगरले भत्काइदिएको छ।
नयाँ भवन बनाउँदाको नक्सामा महानगरले भनेजस्तै बगैँचा वा अन्य केही हुनसक्ने वीर अस्पतालका एक कर्मचारीको भनाइ छ।
तपाईँको अभिमत