आइसोलेसनका व्यक्तिहरु बाहिर निस्किए पुलिसलाई खबर गर्नू
अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँ–छिमेकमा कोही नयाँ व्यक्तिहरु देखिएमा उनीहरुलाई ७ दिन क्वारेन्टिनमा बसाउन सहयोग गर्न आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छर–छिमेकमा नचिनेका व्यक्तिहरु देखिए अनिवार्य क्वारेन्टिनमा बसाउन सहयोग गर्न आग्रह गर्नुभएको हो ।
यस्तै उहाँले संक्रमित तथा होम आइसोलेसनमा रहेकाहरु जथाभावी घरबाट निस्किरहेको पाइएकाले यदि संक्रमित घरबाट निस्किए नजिकैको सुरक्षा कार्यालयमा खबर गर्न उहाँले अनुरोध गर्नुभयो ।
संक्रमितहरु जथाभावी घरबाट बाहिर निस्कँदा अन्य व्यक्तिमा संक्रमण फैलने डर हुने भएकाले यसो गर्न भनिएको हो, उहाँले भन्नुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत