तोकिएको शुल्क लिएर निजी अस्पतालले पनि कोरोनाविरुद्धको खोप दिन पाउने
अ +
अ -
काठमाडौं । भारतीय स्वास्थ्य मन्त्रालयले निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाविरुद्धको खोप लगाउने अनुमति दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निजी अस्पतालले कोभिशिल्ड खोपको ७ सय ८० भारतीय रुपैयाँ लिन पाउनेछन् ।
कोभ्याक्सिनको १४१० र स्पुतनिक भ्याक्सिनको ११४५ भारतीय रुपैयाँ तोकिएको भारतीय सञ्चारमाध्यममा जनाइएको छ। निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने छन् ।
भारतमा हाल कोरोना संक्रमण दर र मृत्यु दरमा पनि कमी आउँदै गएको छ ।
भारतमा खोप अभियानलाई तिव्रता दिने क्रममा निजी स्वास्थ्य संस्थालाई शुल्क लिएर खोप लगाउन अनुमति दिएको सञ्चार माध्यमले जनाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत