भियतनाममा हाइब्रिड भेरियन्ट : प्रान्तका सबै नागरिकको परीक्षण गरिने
१ करोड बढी नागरिकको परीक्षण गर्ने
काठमाडौं । कोरोना भाइरसको हाइब्रिड भेरियन्ट भेटिएको भियतनाममा संक्रमण नियन्त्रणका लागि १ करोड १० लाख जनसंख्याको परीक्षण गर्ने भएको छ । नयाँ भेरियन्ट भेटिएको प्रान्तिय शहर दानाङका सम्पूर्ण जनसंख्याको कोरोना परीक्षण गर्न लागिएको हो ।
दानाङमा २ हप्ताका लागि सामाजिक दुरी कायम गरी बस्न भनिएको छ यही बेला सबै नागरिकको कोरोना परीक्षण गर्ने बताएको छ ।
भियतनाममा ४० जना पर्यटकहरुमा संक्रमण देखिएकोमा अहिले ५८६ जनालाई संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।
‘एउटा भारतमा देखिएको फरक - फरक म्यूटेशनको प्रजाती र अर्को बेलायतमा भेटिएको प्रजातीको हाइब्रिड कोरोना भेटिएको छ, स्वास्थ्यमन्त्री न्गूयेन थाङलोङले भन्नुभयो ,यो हाइब्रिड भेरियन्ट खतरनाक छ । ’
डब्ल्यूएचओले बेलायत, भारत, ब्राजिल र दक्षिण अफ्रिकाको गरि ४ थरीका कोरोनाको नयाँ प्रजाती पुष्टि गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत