कोरोनाले बौद्धिक र यौन क्षमता दुवैलाई प्रभाव पार्ने

प्रतिकात्मक तस्विर
कोराना २०१९ मा सुरु भएर २०२१ सम्म आइपुग्दा यसका विभिन्न प्रकारहरु देखिएका छन् । नयाँ भेरियन्टको असर पनि फरक - फरक देखिएका छन् । कोरोना भाइरसले शरीरका विभिन्न भागहरु जस्तै मुटु, फोक्सो र दिमागमा पनि असर पार्ने देखियो । कोरोनाको दोश्रो लहरको समयमा कयै किसिमका गम्भिर लक्षण देखिए ।
संक्रमितको मुटु र फोक्सो लगायतका विभिन्न अंगहरुमा असर पुरयाएको लक्षणहरु देखिए । कयौलाई संक्रमण मुक्त भएपछि पनि यसका लक्षणहरु लामो समयसम्म देखिदै आएका छन् । यसैसँग सम्बन्धित एक हालैको अध्ययनमा वैज्ञानिकहरुले बताएका छन् कि कोरोनाको गंभीर संक्रमणको शिकार भएकाहरुमा बौद्धिक क्षमतामा पनि हस आउने छ ।
बेलायतमा गरिएको यो अध्ययनमा वैज्ञानिकहरुले संक्रमणको अवधिमा सिकिस्तै अवस्थामा संक्रमितहरु अस्पतालमा भर्ना भएका थिए वा भेन्टिलेटरको प्रयोग गरि राखिएका थिए । यस्तो अवस्थामा यस किसिमा रोगीहरुलाई फोक्सोको समस्या, बौद्धिक क्षमतासँग सम्बन्धित समस्या देखिएको थियो । जनवरीदेखि डिसेम्बर सम्म गरिएको अध्ययनको आधारमा यो निष्कर्ष निकालिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत