आज दिउँसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षाको सम्भावना
अ +
अ -
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार वर्षा वा हिमपातको सम्भावना रहेको हो ।
हिमाली भूभागमा साधारणतया बादल लाग्ने महाशाखाको भनाइ छ । त्यस्तै गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ।
तराईका भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत