आठाै दिनसम्ममा १ लाख ४५ हजार भन्दा बढी व्यक्तिले खोप पाए
अ +
अ -
काठमाडौं । कोरोना विरुद्धको खोप अभियान अन्तर्गत आठाै दिनसम्ममा १ लाख ४५ हजार भन्दा बढी व्यक्तिले खोप लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार २०१ वटा खोप केन्द्रबाट ७७ जिल्लाका १ लाख ४५ हजार ८४४ जना व्यक्तिले खोप लगाएका छन्।
प्रदेश नं. १ मा २० हजार १५५, प्रदेश नं. २ मा १९ हजार ६६३, बागमतीमा ५० हजार ७५०, गण्डकीमा १६ हजार ४९५, लुम्बिनी प्रदेशमा २१ हजार ४५४, कर्णाली प्रदेशमा ७ हजार ३२६ र सुदूरपश्चिममा १० हजार एक जनाले खोप लगाएका छन्।
पहिलो चरणको खोप अभियानमा ४ लाख ३० हजार व्यक्तिलाई खोप लगाउने लक्ष्य सरकारले राखेको थियो।स्वास्थ्य मन्त्रालयले अबको तीनदिन भित्रमा पहिलो चरणको खोप अभियान पुरा हुने जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत