तराईमा हुस्सु कुहिरो, स्वास्थ्यमा सर्तकता अपनाउन आग्रह
मौसम पूर्वानुमान महाशाखाले तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन आग्रह गरेको छ ।
अहिले देशको पहाडी भेगमा आंशिक बदली रही तराईका केहि भू-भागहरूमा हुस्सुरकुहिरो लागेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ।
महाशाखाका अनुसार आगामी ३ दिनको मौसम यस्तो रहनेछ :
२०७९ माघ १३ गते (शुक्रवार)
दिउँसोː प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː प्रदेश १ मा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ १४ गते (शनिबार)
दिउँसोː प्रदेश १ मा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː प्रदेश १ , गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ १५ गते (आइतबार)
दिउँसोː सुदुर पश्चिम को उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीː सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
हेल्थपाटी
तपाईँको अभिमत