मापदण्ड विपरीत सञ्चालित १४ वटा औषधि पसललाई कारबाही
अ +
अ -
औषधि व्यवस्था विभागले ऐन विपरीत सञ्चालनमा रहेका १४ वटा औषधि पसललाई कारबाही गरेको छ ।
विभागले माघ महिनामा गरेको निरीक्षणका क्रममा तोकिएको मापदण्ड पालना नगरेको पाइएपछि ती औषधि पसलहरुलाई कारबाही गरेको जानकारी दिएको छ ।
कारबाहीमा परेका औषधि पसलहरु काभ्रे, गोरखा, लमजुङ र तनहुँका रहेका छन् । विभागले औषधि ऐन २०३५ को दफा २० को उपदफा ४ (क) अनुसार अनुसार कारबाही गरेको हो ।
तपाईँको अभिमत