कोरोना संक्रमणबाट थप २ स्वास्थ्यकर्मीको निधन
अ +
अ -
काठमाडौं । कोरोना संक्रमणबाट थप २ स्वास्थ्यकर्मीको निधन भएको छ । ल्याब टेक्निसियन मुनारलाल यादव तथा रेडियोग्राफर मेधनी प्रसाद नेपालको निधन भएको हाे ।
लामो समयदेखि मिर्गौलाको बिरामी रहनु भएकाे यादवलाई कोरोना संक्रमण भएपछि स्वास्थ्यमा थप समस्या देखिएको थियो ।
कोसी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो । यादव कोसी अस्पतालबाट १ वर्षअघि सेवानिवृत्त हुनुभएको थियो ।
यसैबीच, रेडियोग्राफर मेधनी प्रसाद नेपालको पनि कोरोनाकै कारण निधन भएको छ । मेधनी पछिल्लो समय नेपाल प्रहरी अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।
तपाईँको अभिमत