देशभर थप १३५१ लाई कोरोना पुष्टि, ७४२ जना डिस्चार्ज

अ +
अ -
काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।
जसमध्ये ५४ हजार ६४० जना उपचारपछि निको भएका छन् । २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा १० हजार ८० जनाको पिसिआर परीक्षण भएको छ ।
तपाईँको अभिमत