सरकारको एक सय दिनको उपलब्धिमा स्वास्थ्यले गरेका कामहरु :
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ ।
१०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालनदेखि सात वटै प्रदेशमा सघन जलनका बिरामीको निशुल्क उपचारसम्मको व्यवस्था गर्न सकिएको बताउनुभयो ।
उहाँले देशभरका १९ वटा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन र १८ संघीय अस्पतालहरूमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रणाली, क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार लगायतका विषयको उल्लेख गनुभयो ।
प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नुभएको १०० दिने उपलव्धीमा स्वास्थ्यको विषयहरु यी हुन् :
अभाव र गरिवीको जीवन बाँचिरहेका नागरिकहरुको सेवा, हाम्रो तेस्रो प्राथमिकता थियो । यसका लागि हामीले आर्थिक भावमा जलनको उपचार गर्न नसक्ने नागरिकहरुको लागि सातवटै प्रदेशमा निःशुल्क उपचारको व्यवस्था गरेका छौं । कोशी प्रदेशको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशको नारायणी अस्पताल, बागमती प्रदेशको कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फतउपचार खर्च व्यहोर्न नसक्ने नागरिकलाई कस्मेटिक बाहेकको जलन उपचार निःशुल्क गर्ने व्यवस्था गरिएको छ ।
यसअघि तीनवटा प्रदेशमा मात्रै उपलब्ध रहेको क्यान्सर उपचार सेवा सातै प्रदेशमा विस्तार गरेका छौं ।देशभरका १९ वटा संघीय अस्पतालहरूमा दुई सिफ्टमा बहिरंग सेवा सञ्चालन गरि १८ संघीय अस्पतालहरूमा सहज उपचार सेवा प्राप्तिका लागि टोकन प्रणाली लागु गरिएको छ ।
Final_100-days-1
हेल्थपाटी
तपाईँको अभिमत