डा.रुइतलाई नेपालको सर्वाेच्च मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री’

अ +
अ -
काठमाडौ । बरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई यस वर्षको नेपालको सबैभन्दा ठूलो मानपदवी ‘सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम)’ पदक प्रदान गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई आगामी नयाँ वर्ष २०७८ वैशाख १ गते प्रबल जनसेवा श्री(प्रथम)बाट विभूषित गर्नुहुनेछ ।
डा. रुइत म्याग्सेसे पुरस्कार बिजेतासमेत हुनुहुन्छ । डा.रुइतले हजारौँ नेपाली र विदेशी नागरिकको गुमेको दृष्टि फर्काउनुभएको छ । उहाँले दृष्टि फर्काउने अभियान दुर्गमसम्म पुर्याउनुभएको छ ।
तपाईँको अभिमत