शारीरिक गतिविधिले टाइप २ मधुमेह रोकथाम, यस्ता छन् अरू फाइदा

नियमित शारीरिक गतिविधि स्वास्थ्यको लागि अत्यन्तै फाइदाजनक छ भन्ने हामीले सुन्दै आइरहेका छौँ । कतिपयले यसको अनुभव गरिरहेका छौँ । अमेरिकी रोग नियन्त्रण र प्रतिरोधक केन्द्र (सीडीसी) का अनुसार, दैनिक शारीरिक व्यायामले मानिसहरूलाई दीर्घकालीन रोगहरूबाट जोगाउन मद्दत गर्छ र मानसिक स्वास्थ्यलाई पनि सुधार गर्छ।
यहाँ शारीरिक व्यायामका फाइदाहरू प्रस्तुत गरिएको छ ।
मुटु रोग र स्ट्रोकको जोखिम घटाउँछ : नियमित व्यायामले रक्तचाप नियन्त्रण गर्छ र कोलेस्टेरोल घटाउँछ ।
टाइप २ डायबिटिज रोकथाम : शारीरिक सक्रियताले इन्सुलिन प्रतिरोधकता कम गर्छ।
क्यान्सरको खतरा घटाउँछ : केही क्यान्सरहरू (स्तन, कोलोन) को सम्भावना कम हुन्छ।
मानसिक स्वास्थ्यमा सुधार : डिप्रेसन र चिन्ता कम गरेर खुशी बढाउँछ।
हड्डी र मांसपेशीको मजबूती : ओस्टियोपोरोसिस र आर्थराइटिस जस्ता समस्याबाट बचाउँछ।
कति व्यायाम आवश्यक ?
वयस्कहरू : प्रतिदिन कम्तिमा ३० मिनेट मध्यम–तीव्रता (हिँड्ने, साइक्लिङ) वा १५ मिनेट तीव्र गतिविधि (दौडने)।
बच्चाहरू : दिनमा ६० मिनेट सक्रियता (धमाधम खेल, दौड)।
(सीडीसीबाट)
तपाईँको अभिमत