सडकका कुकुर भन्नेबित्तिकै रेविज लागेको हुँदैन
विहान सधैँ मर्निकवाक जाने साथी कुकुर
पोखरा महानगपालिका-१५ मा बस्ने भीमबहादुर आले बिहान सँधै मर्निङवाक जानुहुन्छ। उच्चरक्तचाप, मधुमेह र मोटोपनाले पीडित आलेलाई व्यायामका लागि मर्निङ वाक जानैपर्ने बाध्यता छ। तर मर्निङवाक जाने साथी हुँदैनन्। एक्लै हिँड्न अत्यास लाग्छ ।उहाँ आफूले पालेको कुकुर सेतुलाई लिएर मर्निङवाकमा निकस्नुहुन्छ। एकल पुरुष आलेको बुढेसकालको साहारा र मर्निङवाक गर्न जाने साथी बनेको छ सेतु।
उहाँलाई पनि कुकर औँधी मन पर्दछ । उहाँको दिन प्रायजसो सेतुसँगै बित्ने गर्दछ ।
खाजा खर्च बचाएर कुकुरको उपचार
पोखराकै साजन मगर जनावरको दुःख देख्न सक्दैनन्। सडकमा कुकुरहरूको दयनीय अवस्था देखेर मन सधैं पोल्ने गरेको उहाँ बताउँनुहुन्छ। तर, रोजगारी नभएका कारण खाजा खर्च बचाएर भए पनि सडकका कुकुरको उद्धार र उपचार गर्दै आउनुभएको छ ।'कुकुर पाल्न पैसाभन्दा ठूलो त मन चाहिन्छ' साजन भन्नुहुन्छ, 'मन भएरै घरवाट पकेट खर्चका लागि पाएको पैसा पनि म सडकका कुकुरहरूको उपचारमा खर्च गर्छु।'
उहाँसँग जीवनमा आफ्नो बारेभन्दा कुकुरकै सपना छ। राम्रो पढेर स्नातक सक्ने र कमाएर धेरै कुकुर पाल्ने उहाँको सोच छ। योजना सुनाउनुहुन्छ, “कमाउने भएपछि सडकका कुकुरको उपचार र उद्धारमा लाग्छु।' कुकुरसँग निकै आत्मिए सम्बन्ध छ साजनको । कुकुरलाई देख्दा र कुकुरसँग खेल्दा ताजापन महसुस हुने र नयाँ जाँगर पलाउने उहाँको भनाइ छ।
सडकका कुकुर भन्नेबित्तिकै रेविज लागेको हुँदैन
पोखराकै जमुना भूजेल औँधी कुकुर मन पराउनेमा पर्नुहुन्छ । उहाँले सडकका कुकुरलाई खाना खुवाउने, उपचार गर्ने र अवस्था नाजूक भए घरमै ल्याएर पाल्नुहुन्छ। उहाँले बेवारिसे कुकुरलाई खानेकुरा खुवाएको देखेर अब त कुकुरहरूले घर नै घेरेर बस्ने गरेको सुनाउँदै उहाँ खुसी मान्नुहुन्छ ।
भूजेलको विचारमा, सडकका कुकुरलाई छुँदा रेबिज लागिहाल्ने गलत बुझाइका कारण मानिसले तिनलाई हेला गर्ने गर्छन् । तर, सडकमा बिरामी देखिने सबै कुकुरलाई पनि रेबिज हुँदैन। अन्य रोग लागेको हुनसक्ने वा भोको भएर पनि बिरामी परेको हुनसक्ने उहाँ बताउनुहुन्छ।
यसैले कुकुरलाई ब्रिडिङ गराएर जन्मिएको बच्चा किन्नुभन्दा सडकका कुकुर उद्धार गरेर पाल्नु कल्याणकारी भएको उहाँको भनाइ छ।
उमा आलेमगर
तपाईँको अभिमत