महाकुम्भ मेलामा भागदौड मच्चिदा ३० को मृत्यु, ६० जना घाइते
अ +
अ -
भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भइरहेको धार्मिक महाकुम्भ मेलामा भागदौड मच्चिदा ३० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बुधबार धार्मिक मेलामा भएको सो भागदौडमा ६० जना घाइते भएका छन् ।
मृतकमध्ये २५ जनाको पहिचान भइसकेको भारतीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । धेरैजसो घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।
प्रहरीका अनुसार त्रिवेणी संगम स्थलमा निर्माण गरिएका अस्थायी पुलहरू भाँच्चिदा भागदौड मच्चिएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत