५ देखि ११ वर्षसम्मका बालबालिकालाई छिट्टै खोप अभियान चलाउँछौ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड- १९ संक्रमणको तेस्रो लहरको रोकथाम, नियन्त्रण र उपचारका लागि नितै तहका सरकारबीच समन्वय र सहकार्य बढाइएको बताउनुभएको छ ।
पाँच राजनीतिक दलको समर्थन र सहभागितामा सरकार गठन भएको ६ महिना पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले स्वास्थ्य प्रणालीमा कुनै पनि स्रोत साधन र जनशक्तिको अभाव हुन नदिने बताउनुभएको हो ।
१८ वर्ष माथिका १ करोड ९९ लाख २२ हजार १६४ खोप लगाउन योग्य मध्येमा ५९.६ प्रतिशतलाई पूर्ण मात्राको खोप उपलब्ध गराइएको र ७८.३ प्रतिशतलाई पहिलो डोजको खोप वितरण गरिएको जानकारी पनि उहाँले सम्बोधनका क्रममा दिनुभयो ।
साथै विभिन्न प्रकारका कुल ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप प्राप्त गरी २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ डोज खोप वितरण गरिएको उहाँले बताउनुभयो ।
पुस मसान्त सम्ममा एक मात्रा खोप लगाएको जनसंख्या १ करोड ५६ लाख ६ हजार २१ र पूर्ण मात्राको खोप लगाएको जनसंख्या १ करोड १८ लाख ६९ हजार ९ सय ७४ रहेको र १२ देखि १७ वर्ष उमेरका किशोर किशोरीहरू १८ लाख भन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको प्रधानमन्त्री देउवाले जानकारी दिनुभयो ।
साथै उहाँले ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने उद्घोष पनि गर्नुभयो । सरकारको पहिलो प्राथमिकता कोभिड - १९ को संक्रमणबाट जनताको जीवन रक्षा गर्ने, शीघ्र आर्थिक पुनरुत्थान गर्ने रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री देउवाले जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आधारभूत स्वास्थ्य सेवाहरु मातृशिशु पोषण र खोप लगगायतका नियमित कार्यक्रमहरु सूचारु गरिने बताउनुभयो ।
Adress-by-RH-PM-Deuba to nation
हेल्थपाटी 
तपाईँको अभिमत