कोरोना संक्रमणबाट थप २ जना डाक्टरको निधन
अ +
अ -
काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप २ डाक्टरको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं मुटुरोग विशेषज्ञ प्रा.डा.सुनिल झा र नेपाल वर्न सोसाइटी तथा इशान हस्पिटलका अध्यक्ष डा. नारायण बहादुर थापाको निधन भएको हो ।
केन्द्रका अनुसार प्रा.डा.झाको आज विहान र डा.थापाको हिजो राती उपचारका क्रममा निधन भएको हो । डाक्टरहरुको निधनप्रति केन्द्रले दुख व्यक्त गरेको छ ।यसअघि कोरोना संक्रमणबाट एक जना डाक्टरको निधन भइसकेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत