ट्याक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु
अ +
अ -
ट्याक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको ज्यान गएको छ । अछामको मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा एकै वडाका ५ जनाको मृत्यु भएको हो।
सोमबार बिहान भएको दुर्घटनामा थप २ जना घाइते भएका छन् ।
मेल्लेखबाट साँफेबगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर ग्रामीण सडक खण्डको सुयडी नजिकै दुर्घटना भएको स्थानीयले जनाएका छन् ।
मृत्यु हुनेमा मेल्लेख गाउँपालिका– ७ का ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी, १५ वर्षीय किशोर जनक धामी र २१ वर्षीय युवक जनक धामी छन्। दुर्घटनामा सोही ठाउँका ४२ वर्षीय लालबहादुर धामी र ४० वर्षीय हंस धामी घाइते भएका छन्।
घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ।
हेल्थपाटी
तपाईँको अभिमत