युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रशासकीय अधिकारीमा डा.भुपेन्द्रकुमार बस्नेत
अ +
अ -
कोभिड - १९ युनिफाइड केन्द्रीय अस्पतालको निमित्त प्रशासकीय अधिकारीमा डा.भुपेन्द्रकुमार बस्नेत नियुक्त हुनुभएको छ ।
स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीस्तरीय निर्णय गर्दै बस्नेतलाई निमित्त प्रशासकीय अधिकारीमा नियुक्त गर्नुभएको हो ।
यसअघि सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा. रुद्र मरासिनीलाई प्रशासकीय अधिकारीमा नियुक्त गरेका थिएगर्नुभएको थियो । तर प्रधानमन्त्री कार्यालयबाट सो नियुक्ति कार्यान्वयन नगर्न निर्देशन आएपछि रोकिएको थियो ।
प्राडा. जागेश्वर गौतमलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पठाइएको छ ।
तपाईँको अभिमत