अनौठो शल्यक्रिया : ३० वर्षपछि एक महिलाको मुख खोलियो
दिल्ली । भारतको दिल्लीमा एक अनौठो शल्यक्रिया सफल भएको छ । ३० वर्षीया एक महिलाको मुख शल्यक्रिया मार्फत् ३० वर्षपछि खोलिएको हो । सर गंगा राम अस्पतालका प्लास्टिक सर्जनहरूले सो शल्यक्रिया सफल रूपमा गरेका हुन् ।
जन्मजात मुख नखुल्ने समस्याबाट पीडित महिला तरल पदार्थको सेवनबाट बाँचिरहनुभएको थियो । उहाँको बंगराको हड्डी खोपडीको दुबैतर्फ जोडिएको थियो । सोही कारण उहाँले मुख खोल्न सक्नुभएको थिएन भने औँलाले समेत जिब्रो छुन सक्नुभएको थिएन ।
महिलाको मुख नखुल्ने भएका कारण दाँतमा संक्रमण भई केही दाँत मात्र बाँकी थिए । उहाँको अनुहार रगतले भरिएको नसा (ट्यूमर)ले भरिएको थियो । जसकारण भारत तथा अमेरिकाका धेरै अस्पतालले शल्यक्रिया गर्न मानेका थिएनन् ।
सर गंगा राम अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा. राजीव आहुजाका अनुसार महिलाको मुखको शल्यक्रिया गर्नु ३ साता पहिले नै एक विशेष ‘इन्जेक्शन’ लगाइएको थियो ।
अपरेशनको केही समयपछि महिलाको मुख ३ सेन्टिमिटर खुलिसकेको थियो । डा. आहुजाका अनुसार सामान्य मानिसको मुख ४ देखि ६ सेन्टिमिटरसम्म खुल्छ ।
हेल्थपाटी
तपाईँको अभिमत