मोबाइलमा कार्टुन हेर्दै गर्दा ५ वर्षकी बालिकाको मृत्यु, हृदयघातको शंका

तस्विर आजतकबाट
भारतको युपीमा ५ वर्षकी एक बालिका उनकी आमाको साथमा मोबाइलमा कार्टुन हेर्दै थिइन् । अचानक मोबाइल बालिकाको हातबाट खस्यो । त्यसपछि सँगै रहनुभएकी आमा सोनियाले छोरीले जिस्किएकी होलिन् भन्ने सोचिन् । छोरीलाई बोलाउँदा कुनै प्रतिक्रिया दिइनन्, सोनिया चिच्याइन् र छिमेकी एवं आफन्तजनहरु भेला भए ।
हसनपुर कोतवाली हथियाखेडा गाउँका महेश खड्गवंशीको ५ वर्षकी छोरी कामिनी, शुक्रबार राती ९ बजेतिर ओछ्यानमा बसेर आमाको साथमा मोबाइलमा कार्टुन हेर्दै थिइन् । अत्तालिएका परिवारले तुरुन्तै चिकित्सक महाँ लगे तर चिकितसकले बालिकाको मृत्यु भएको घोषणा गर्नुभयो ।
कामिनी एक्लो सन्तान थिइन् । ३० जनवरीको कामिनीको ५ औं जन्मदिन थियो । आमा सोनियाका अनुसार घटना हुनु अगाडि छोरी कामिनीको स्वास्थ्य अवस्था पूर्णरुपमा ठिक थियो ।
बालिकाको मृत्युको कारण हृदयघात हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।
चिकित्सक सत्यपाल सिंहले बालिकाको मृत्युको कारण हृदयघात हुनसक्ने रहेको तर यसको निक्र्याैल पोष्टमार्टमपछि मात्रै हुने बताउनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत