प्रत्यारोपण क्षेत्रमा भएको विकास र प्रविधिबारे छलफल
अंगदान तथा वितरण एपको शुभारम्भ
अंग प्रत्यारोपण सोसाईटीको आयोजनामा काठमाडौंमा भएको २ दिने द हिमालयन ट्रान्सप्लान्ट कन्फरेन्समा २६ वटा कार्यपत्र प्रस्तुत भएको छ ।
विकासोन्मुख राष्ट्रहरुमा अंगदानलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ आयोजना गरिएको सम्मेलनले प्रत्यारोपण क्षेत्रमा भएको विकास र प्रविधि हस्तान्तरणको लागि कोषेढुङ्गाको काम गरेको निष्कर्ष निकालेको छ ।
मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र प्रत्यारोपणको विकासका बारेमा केन्द्रित सम्मेलनमा चिकित्सा विज्ञानको पाठ्यक्रममा मस्तिष्क मृत्यू सम्बन्धी विषय समावेश गर्न र विभिन्न धर्मका धर्म गुरुलाई मस्तिष्क मृत्यपश्चात हुने अंगदानबारे जागरुक गराउनपर्ने विषयमा छलफल भयो ।
सम्मेलनमा मस्तिष्क मृत्यू पश्चात अंगदाता तथा ग्रहणकर्ताको प्रतिक्षा सूचि सहितको राष्ट्रिय अभिलेखको अनलाईन सफ्टवेयरको शुभारम्भ गरिएको छ । सफ्टवेयरमा अंगदान सम्बन्धी अनलाइन फारम भर्न सकिने, अंग फेल भएका विरामीहरुको विवरण र मस्तिष्क मृत्यू भएका व्यक्तिबाट प्राप्त अंग प्रत्यारोपण नियमालीमा भए बमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ ।
सम्मेलनको समापन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रत्यारोपण सम्बन्धी यस्ता सम्मेलनले स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण भुमिका रहको बताउनुभयो ।
सम्मेलनबाट निकालिएका निष्कर्ष र सुझावका आधारमा कुर्ने नीति नियम बनाउन पर्ने भए विज्ञको राय सुझावसहित स्वास्थ्य मन्त्रालयमा पेश गर्न आग्रह गर्दै मन्त्री पौडेलले यसै वर्ष भित्र देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गरिने बताउनुभयो । प्रत्यारोपणको सेवामा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको कामको प्रंशसा गर्नु भयो ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरुवा रोगको प्रकोप रहँदा रहँदै पनि सरकारले प्रत्यारोपण सेवालाई विशेष प्राथमिकता दिएको बताउनुभयो । आयोजक समितिका अध्यक्ष डा पुकार चन्द्र श्रेष्ठले अंग प्रत्यारोपण सम्बन्धि कार्य विश्वव्यापी स्वास्थ्य क्षेत्रको लागि सबैभन्दा चुनौती रहेको बताउँदै यसलाई सम्बोधन गर्न सम्मेलन एउटा महत्वपूर्ण कडी हुने बताउनुभयो ।
सम्मेलनमा अमेरिका, बेलायत, नेदरल्याण्ड, जापान तथा छिमेकी देश भारतबाट विज्ञहरुको सहभागिता रहेको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत