स्वास्थ्य मन्त्रालय मातहतका निकायमा सेवाग्राहीको फोन उठ्दैन, पर्यो उजुरी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत रहेका सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा फोन नउठ्ने गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।
केन्द्रमा मन्त्रालय मातहतका सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा सेवाग्राहीले टेलिफोनमार्फत केही जानकारी लिन खोज्दा कार्यालयको टेलिफोन नउठ्ने, उठेपनि राम्रो रेस्पान्स नहुने उजुरी परेको छ।
केन्द्रले मन्त्रालय मातहतको निकायहरुबाट सेवाग्राहीहरुले टेलिफोन मार्फत जानकारी लिन व्यवस्थालाई सहज र प्रभावकारी बनाइ सेवाग्राहीहरुको गुनासोलाई सम्भव भएसम्म छिटो ब्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
सतर्कता केन्द्रको निर्देशनपछि स्वास्थ्य मन्त्रालयले आफू मातहतको सम्पूर्ण अस्पताल, प्रतिष्ठान, विभागलाई टेलिफोन उठाइ सेवाग्राहीको गुनासो सुन्न अनुरोध गरेको छ ।
यद्यपी विषयगत जानकारी लिन खोज्दा स्वास्थ्य मन्त्रालयले पत्रकारलाई सूचना दिन आनाकानी गर्ने र सम्बन्धित पदाधिकारीहरुले फोन नउठाउने गरेको पाइएको छ । सेवाग्राहीको मात्रै होइन जनतालाई सूसुचित गर्न जानकारी माग्दा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरुले सूचना नदिने गरेको गुनासो स्वास्थ्य पत्रकारहरुको पनि रहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत