मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली
अ +
अ -
बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले डा. ज्ञवालीलाई ४ वर्षका लागि प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उपकुलपति प्रा.डा. विश्वराज जोशीको ४ वर्षे कार्यकाल साउन १५ गते सकिएपछि दुई महिनादेखि रिक्त रहेको उपकुलपति पदमा डा.ज्ञवालीलाई नियुक्त गरिएको हो ।
उहाँ यसअघि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सदस्य सचिव हुनुन्थ्यो। डा. ज्ञवाली अहिले त्रिवि चिकित्साशास्त्र अधययन संस्थानमा सहप्राध्यापकको रुपमा कार्यरत हुनुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत