कुकुर तिहार : प्रहरी अनुसन्धानमा खटिने कुकुरको विशेष पूजा (भिडियो)
आज कुकुर तिहार । नेपाल प्रहरीले विशेष समारोहको आयोजना गरीं कुकुर तिहार मनाएको छ । प्रहरीसँग अपराध अनुसन्धानका लागि सातै प्रदेशमा सात प्रजातिका ९८ वटा तालिमप्राप्त कुकुर रहेका छन् ।
कुकुर तिहारका दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको विशेष पूजा गर्नेगर्छ ।
नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्ज परिसरमा गरिएको कार्यक्रममा कुकुरलाई विभिन्न प्रतियोगितामा सहभागिता गराइएको थियो।
ट्याकर डगको काम, विष्फोटक पदार्थ खोजी एवं पहिचान डगको काम, सर्च एण्ड रेस्क्यू डगको काम, ट्रयाकर डगको काम (सर्चिङ), लागू औषध खोजी एवं पहिचान डगको काम, ट्रयाकर डगको काम (सेन्ट डिस्क्रिमिनेशन)बारे प्रदर्शन गरिएको थियो ।
आज्ञापालन, हाइजम्प, रनिङ , बाधापार र दिशानिर्देशनको प्रर्दशनी पनि गरिएको थियो।
जसमा हाइजम्प र २१.५ सेकेण्डको बाधापार प्रतियोगितामा रोज नामक (बेल्जियन सेफर्ड) जातको कुकुर प्रथम, ७ सेकेण्ड रनिङगमा टाईगर नामक कुकुर(जर्मन सेफर्ड) प्रथम भएको छ ।
विजेता कुकुरलाई नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक एआईजी टेक बहादुर तामाङले मेडलसहित पुरस्कृत गर्नुभयो । साथै कुकुर पुजा विशेष समारोहमा केनाइन कार्यालय हाताभित्र नवनिर्मित महिला प्रहरी व्यारेकको भवनको पनि उद्घाटन गरिएको छ ।
नेपाल प्रहरी केनाइन कार्यालय तथा मातहत देशभर १२ वटा शाखाहरुमा ९८ वटा कुकुरलाई प्रहरीले आफ्नो अनुसन्धनात्मक कार्यसम्पादनमा प्रयोग गरिरहेको छ ।
हाल नेपाल प्रहरीसँग ३७ वटा जर्मन सेफर्ड, २७ वटा बेल्जियम सेफर्ड, १६ वटा ल्याबरेडर, १४ वटा गोल्डेन रिट्रिभर, ३ वटा बिगल, १ वटा कोकर स्पाइनल जातका कुकुरहरु रहेका छन् ।
लागूऔषध अनुसन्धानमा २८, विपद् व्यवस्थापनमा १७, रेस्क्यूमा ३८, ट्रयाकरमा १९, सुरक्षामा १ वटा कुकुर प्रयोगमा छन् ।
नेपाल प्रहरी केलाईन कार्यालय काठमाडौंमा ३४, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १२, कोशी प्रदेश प्रहरी कार्यालयमा ९, क्षेत्रीय विमानस्थल केनाईम शाखामा ३, मधेश प्रदेश प्रहरी कार्यालयमा ३, क्षेत्रीय विमानस्थल जनकपुरमा ३, मधेश प्रदेश विपद् व्यवस्थपन वीरगञ्जमा ३, बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा ६, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा ८, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा ४, कर्णाली प्रदेश प्रहरी कार्यालय ६ र सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीमा ७ वटा कुकुर रहेका छन् ।
नेपाल प्रहरीले विभिन्न कार्यमा २०२६ सालदेखि कुकुरको प्रयोगको थालनी गरेको थियो। त्यतिबेला जम्मा २ वटा कुकुर थिए ।

हेल्थपाटी
तपाईँको अभिमत