ताइवानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अ +
अ -
ताइवानमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । बुधबार पूर्वी तटीय क्षेत्रमा भूकम्प गएको हो।
अधिकारीहरूका अनुसार भूकम्पमा १ जनाको शव भेटिएको समाचार बीबीसीमा छ । थप क्षतिको विवरण भने आउन बाँकी छ । अहिले उद्दार कार्य जारी रहेको छ ।
भूकम्पसँगै ताइवान र उसका छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ।
ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ।
ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्पको घटना भएको बताएका छन्।
तपाईँको अभिमत