२४ घण्टामा ५१५ काेराेनामुक्त, १९ संक्रमितको मृत्यु

फाइल तस्विर ।
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ५१५ जनाले कोरोना जितेका छन् ।
याे सँगै निकाे हुनेकाे संख्या २ लाख ११ हजार १८६ पुगेकाे छ । देशभर आज १ हजार ३८० लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३८० लाई कोरोना पोजेटिभ देखिएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । यस्तै १९ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ४५४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत