शारीरिक व्यायाममा सहभागी नहुने बालबालिबालाई डिप्रेसनको खतरा धेरै
बच्चाहरुलाई डिप्रेशनबाट टाढै राख्ने हो भने उनीहरुलाई खेलकुद र शारीरिक गतिविधिमा प्रेरित गर्नुपर्ने एक अध्ययनले देखाएको छ ।
क्यानाडाको मन्ट्रियल यूनिभर्सिटीका शोधकर्ताले गरेको अनुसन्धानमा यस्तो नतिजा देखिएको उनीहरुले बताएका छन् । किशोरावस्थामा शारीरिक व्यायामले शारीरिक रुपमा सक्रिय रहन्छन् र उनीहरु संवेगात्मक रुपमा कमजोर हुने खतरा कम रहने शोधकर्ता बताउछन् ।
मन्ट्रियल यूनिभर्सिटीका शोधकर्ता मारिया–जोसे भन्छिन्, ‘अनुसन्धानको समयमा यो देखिएको छ कि बच्चाको शारीरिक गतिविधिले मानसिक स्वास्थ्यमा पनि असर पर्छ ।’ यसका लागि उनीहरुले ५ देखि १२ वर्षसम्मका केटाकेटीमा अनुसन्धान गरेका थिए ।
यी बच्चाहरुको शारीरिक गतिविधि कस्तो थियो भनेर बच्चाहरुसँग अन्तरक्रिया गरिएको थियो । उनीहरु मात्रै होइन अभिभावकसँग पनि सोधपुछ गरिएको थियो ।
जुन बच्चाले ५ वर्षको उमेरमा खेलकुद गतिविधिमा लागेको थिएन, उसले आपूmलाई थकित महसुस गर्ने गरेको पाइएको छ । विशेष गरी शरीरिक व्यायाम नगर्ने १२ वर्ष आसपासका केटाकेटीलाई मा डिप्रेशन र बेचैनी बढी भएको पाइएको छ । यसैगरी केटीहरुमा पनि कुनै नयाँ परिवर्तन आएको देखिएन ।
बच्चाहरुको सुरुवातको उमेरको स्थितिले उनीहरुमा असर पारिरहेको हुन्छ भन्ने कुरा आफूहरुले देखाउन चाहेको शोधकर्ताहरु बताउँछन् । केटाकेटीहरुको कति रिसाउनछन्, उनका अभिभावक पढेलेखेका छन् कि छैनन्, उनीहरुको परिवारको आयस्रोत कस्तो छ ? यस्ता कुराले बच्चाहरुका मानसिक असर पर्ने गरेको शोधले देखाएको छ ।
स्कुल जानुभन्दा पहिलो जो बच्चा सामान्य शारीरिक गतिविधिमा संलग्न छ । उसमा टिममा मिलेर काम गर्ने, आफैँमाथि नियन्त्रण राख्न सक्ने र अरुसँग सजिलै सम्बन्ध बनाउन सक्ने क्षमता देखिएको शोधकर्ताले बताएका छन् ।
यस उमेरमा केटा र केटीमा देखिने डिप्रेसन र बैचनीमा फरक रहेको शाधकर्ताहरुको भनाइ छ । उनीहरुका अनुसार केटामा डिप्रेसन र बैचनी देखिएमा उ परिवार साथीभाइ बाट टाढा हुन खोज्छ । उसमा सबैप्रति घृणा पलाइरहेको हुन्छ । उसमा नकारात्मक सोचाइ व्याप्त हुन्छ ।
केटीहरु डिप्रेसन र बैचनीको अवस्थामा पनि आफ्ना मनको कुरा नजिकको साथीलाई सेयर गर्छन् । समस्याहरु बताउँछन् । यस कारण केटाहरुको तुलनामा उनीहरु आफूलाई नियन्त्रणमा राख्न सफल हुन्छ । भित्रैदेखि टुट्नबाट उनीहरु आफूलाई बचाइरहेका हुन्छन् ।
हेल्थपाटी
तपाईँको अभिमत