'४ कारणले नेपाल अझै कोरोनाको उच्च जोखिममा छ'
निषेधाज्ञा खुकुलो भएपनि कोरोना भाइरस संक्रमणको जोखिम अझै कम भएको छैन । लामो समयदेखि बजार व्यवसाय विद्यालय बन्द हुँदाको प्रत्यक्ष असर हामीले भोगेका छौं । यस स्थितिको अन्त्य गर्न सबै जना जिम्मेवार भएर लाग्नुपर्दछ । नेपाल ४ वटा कारणले अझै कोरोनाको उच्च जोखिममा छ ।
- कोरोना भाइरस
कोरोना भाइरस आफै खतरनाक भाइरस हो । यसले नयाँ नयाँ स्वरुप परिवर्तन गरिरहेको छ । नेपालमा पनि यी भेरियन्टहरु देखिएका छन् जुन निकै खतरनाक छन् ।
- सामाजिक मिश्रण
निषेधाज्ञा खुकुलो भएसँगै सामाजिक मिश्रण बढेको छ, हाम्रो गतिविधिहरु चलायमान भएको छ र बढ्दै गएको गतिविधिले भीड बढेको छ जसले मानिसलाई नजिक नजिक ल्याएको छ ।
- स्वास्थ्यमा मापदण्ड पालना नगर्नु
स्वास्थ्यका मापदण्ड सही तरिकाले पालना नगर्दा संक्रमणको जोखिम बढाएको छ । मापदण्ड भनेको लकडाउन या निषेधाज्ञा होइन । यी भनेको व्यक्तिगत र सामुदायिक तहमा अपनाउनपर्ने सुरक्षाका उपायहरु हुन् हो ।
- सबैले खोप नपाएको अवस्था
अहिले नेपालमा सबैजनाले खोप पाएका छैनन् । खोप नपाएको अवस्थामा कोरोनासँग लड्न सक्ने प्रतिरोधी क्षमता विकास भएको हुँदैन जसका कारण संक्रमणको जोखिम उच्च छ । सबैजनाले खोप नलगाइसकेको अवस्थामा विश्वले नै चासो देखाइरहेको कोरोनाको नयाँ भेरियन्ट देखिनु, सामाजिक दुरी कायम नगर्नु, जनस्वास्थ्यका मापदण्ड सही तरिकाले पालना नगर्दा अझैपनि जोखिम कायम छ । हामी सैदान्तिक कुरा गरिरहेका छैनांै र हामी अहिले यस्तो होला की भनेर कल्पना पनि गरेका छैनौ, वास्तवमा यो भइरहेको छ । कतिपय देशहरुमा संक्रमण फेरि उकालो लागिरहेको छ ।
त्यसैले हामीसँग भएका उपायलाई अवलम्वन गरि संक्रमण न्यून राख्न सबैले प्रयत्न गर्नुपर्छ, हामी विवेकशिल हुनैपर्छ । हामीले व्यक्रिगत तहमा भौतिक रुपमा उपिस्थत हुँनाले संक्रमण बढ्ने भएकाले सम्भव भएसम्म फोन र इन्टरनेटमार्फत सम्पन्न गर्न सकिने काम भए त्यसरी नै गरौं, भेटघाटलाई बढावा नदिऔं । साथै सामाजिक सञ्जालमा आएका सूचनाहरुमा भर नपरौं । कतिपय सूचना र समाचार भ्रामक पनि हुन्छन् त्यसैले सूचनाको स्रोतको आधिकारिकता तर्फ ध्यान दिऔं ।
(आइतबारको प्रेस ब्रिफिङमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्रका निर्देशक डा. राधिका थपलियाले प्रस्तुत गर्नुभएको धारणाको केही अंश ।)
हेल्थपाटी
तपाईँको अभिमत