प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

फाइल फोटो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षको उमेरमा उहाँको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान अस्पताल लगिएको थियो। बिहान ८:३३ बजे दाहालको निधन भएको प्रधानमन्त्रीका चिकित्सक युवराज शर्माले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नुभएको छ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी)’ बाट पीडित सीता दाहाल लामो समयदेखि बिरामी हुनुन्थ्यो।
उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
आजै २ बजे पशुपतिमा अन्तिम संस्कार गरिने जानकारी पनि सचिवालयले दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत