आँखा पाक्ने रोग हेराहेर गर्दा वा हावाबाट सर्छ कि सर्दैन ? (भिडियो)

हाल नेपालमा आँखा पाक्ने अर्थात् भाइरल 'कन्जंक्टिभाइटिस' रोग देखिएको छ । विगत एक महिनादेखि आँखा पाक्ने समस्या देखिएको हो । देशभरका आँखा अस्पतालमा आँखा पाक्ने समस्या लिएर आउने बिरामीको चाप बढ्दै गएको छ ।
आँखा रोग विशेषज्ञका अनुसार यो अति संक्रामक रोग भएकाले सजिलै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्न सक्छ । यसबाट जोगिन या यो रोगको संक्रमण फैलन नदिन विद्यालय, बजार, सार्वजनिक यातायात जस्ता भीडभाड हुने ठाउँमा उच्च सतर्कता अपनाउनु पर्छ ।
संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै रुमाल, सिरानी, तन्ना प्रयोग गर्न नहुने चिकित्सकहरूको सुझाव छ । आँखा पाक्ने समस्यालाई चिकित्सा भाषामा कन्जङ्क्टिभाइटिस भनिन्छ । आँखा पाक्ने समस्या नेपालमा प्राय हरेक वर्ष देखिन्छ । तर यो वर्ष विगतका वर्षमा भन्दा धेरै संक्रमण देखिएको छ ।तर यसमा आत्तिन नपर्ने उहाँले बताउनुभयो ।
आँखा पाक्ने समस्याको उपचारमा एन्टीबायोटिकको प्रयोग गर्न हुँदैन ।
आँखा रोग विशेषज्ञहरुको सोसाइटी (नेपाल अप्थाल्मीक सोसाइटी) की अध्यक्ष प्रा.डा. मिनु चौधरीले हाल देशभरका आँखा अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको जानकारी दिनुभयो । यो समस्या तराईमा घट्दै उहाँको भनाइ छ।
आँखा पाक्ने समस्या एडिनो भाइरसको सङ्क्रमणका कारण देखिन्छ। यसले आँखाको सेतो भागको सतहमा हुने झिल्लीमा संक्रमण गराउँछ। अकस्मात आँखा रातो हुनु, आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु, आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु जस्ता लक्षणहरु देखिन्छन् । यस्तो समस्या भएमा एन्टीबायोटिकको प्रयोग गर्न नहुने उहाँले सुझाव दिनुभयो ।
संक्रमण रोक्नका लागि संक्रमितले प्रयोग गरेका मोबाइल, टावेल, कलम लगायतका सामाग्रीहरु प्रयोग नगर्नका साथै सरससफाइमा उच्च ध्यान दिन उहाँले सुझाव दिनुभयो ।
अप्थाल्मीक सोसाइटीले आँखा पाक्ने रोग संक्रमण रोकथाम र नियन्त्रणका लागि उपयुक्त कदम चाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव पनि दिएको छ । आँखा पाक्ने रोगमा भाइरस पत्ता लगाउन मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना संकलन गरि सर्वेक्षणको तयारी पनि गरेको छ । साथै उपचारमा एन्टीबायोटिकको प्रयोग रोक्न आफूहरुले मन्त्रालयलाई अनुरोध गरेको प्रा.डा.चौधरीले बताउनुभयो ।
आँखा पाक्ने लक्षण देखिनासाथ अस्पताल जान उहाँले सबैलाई आग्रह गर्नुभएको छ । आँखा पाकेको बेला कालो चश्मा लगाउँदा आँखाको सुरक्षाको दृष्टिकोणले राम्रो मानिन्छ । यद्यपी कालो चश्माको प्रयोगले आँखा पाक्ने संक्रमण रोक्छ भन्ने होइन तर यसले आँखामा सोझै धुलो पस्न या हातले छुनबाट रोकेर सेकेण्डरी सुरक्षा प्रदान गर्छ ।
हेथ्थपाटी विशेषमा प्रा. डा. मिनु चौधरीसँग तुलसा घिमिरेले गर्नुभएको कुराकानी :
तपाईँको अभिमत