एकैदिन १७७ जनालाई संक्रमण पुष्टि, ११ जना आइसियुमा

फाइल फोटो
अ +
अ -
पछिल्लो २४ घण्टामा थप १७७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगं सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ सय २६ जनाको नमुना परीक्षण भएकोमा १७७ जनालाई पोजेटिभ देखिएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंमा ९०, ललितपुरमा १३ जना रहेका छन् ।
सोही अवधिमा ४१ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितमध्ये २० जना संस्थागत आइसोलेसनमा रहेका छन् जसमा ११ जना आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।
केहीदिन यता संक्रमण बढ्न थालेपछि विज्ञहरुले जनस्वास्थ्यका मापदण्ड अपनाउन, भीडमा नजान सर्वसाधरणलाई आग्रह गरेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत