कोरोनाविरुद्धको खोप किन्न 'खोप कोष' मा सहयोग गर्न सरकारको अपिल
काठमाडौं । सरकारले कोरोना विरुद्ध खोप खरिद गर्न आर्थिक सहयोग संकलन गर्नका लागि 'खोप कोष' स्थापना गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशित गरि खोप कोषमा सहयोग गर्न दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवं सामाजिक र परोपकारी संस्थालगायतसँग सहयोग मागेको छ ।
निकट भविष्यमा खोप आउने सम्भावना प्रवल रहेको र लक्षित समहहरुलाई निःशुल्क खोप उपलव्ध गराउन आवश्यक तयारी भइरहेको जानकारी उक्त सूचनामा उल्लेख गरिएको छ ।
मन्त्रिपरिषद्को कार्तिक २४ गतेको निर्णय अनुसार नेपाल सरकारबाट आकस्मिक प्रयोगका लागि स्विकृती प्राप्त भएको खोप खरिद गरि लक्षित समूहहरुलाई निःशुल्क खोप उपलव्ध गराउन ठुलो रकमको आवश्यक पर्ने भएकाले कोषमा सहयोग गर्न अपिल गरिएको सूचनामा भनिएको छ ।
कोषमा जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने र कोषको आय व्यव लेखा प्रणालि मार्फत राखिनुका साथै लेखा परीक्षण गरिने जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक,टेकुमा १७००१००१०२०६०००० खाता नम्वरमा रकम जम्मा गर्न सकिनेछ ।
हेल्थपाटी
तपाईँको अभिमत