आज २९८१ संक्रमित काेराेना मुक्त, ११ संक्रमितकाे मृत्यु

फाइल तस्विर ।
अ +
अ -
काठमाडौं । गत २४ घण्टामा देशभर २ हजार ९८१ कोरोना संक्रमित निको हुनभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बुधबार सो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्कनुभएको हो ।
यससँगै कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ ।
यस्तै गत २४ घण्टामा ११ संक्रमितको ज्यान गएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८७ पुगेको मन्त्रालयले जनाएको छ।
यसैगरी हाल ३९ हजार ६४३ सक्रिय संक्रमित रहनुभएको छ । सबै संक्रमित आइसोलेसनमा रहनुभएको छ । मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार हाल २ हजार ८८९ जना क्वारेन्टिनमा रहनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत