उपत्यकामा ५०८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा आज ५ सय ८ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ३ सय ९४, भक्तपुरमा ५४ र ललितपुरमा ६० गरी ५ सय ८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ७६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४०२० जना संक्रमणमुक्त भएका छन् भने ४४ संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ७ हजार ५६९ पीसीआर र ४ हजार ४६८ जनाको एन्टीजेन गरि जम्मा १३ हजार ३७ परीक्षण भएको छ । जसमा पीसीआरमा १९६३ र एन्टीजेनमा ८०५ जनालाई पाेजेटिभ देखिएकाे छ ।
नेपालमा हालसम्म ६ लाख १७ हजार ९४७ जनालाई संक्रमण पुष्टि भएकोमा ५ लाख ४९ हजार ६८२ जना निको भएका छन् भने ८ हजार ६४१ जनाको मृत्यु भएको छ । अहिले ५९ हजार ६२४ जना सक्रिय संक्रमित छन् ।
हेल्थपाटी
तपाईँको अभिमत