फिजियोथेरापी कसरी गर्ने भनेर डाक्टरले तोक्ने होइन
चिकित्सकले बिरामीलाई फिजियोथेरापीका लागि सिफारिस गर्दा तोकेरै सिफारिस गर्न नहुने फिजियोथेरापिस्ट लक्ष्मण अधिकारी बताउनुहुन्छ।
नेपाल फिजियोथेरापी संघका अध्यक्ष समेत रहनुभएका अधिकारीले बिरामीलाई कस्तो थेरापी गराउने भन्ने निर्णय फिजियोथेरापिस्टलाई नै छाड्नुपर्ने धारणा राख्नुभयो ।
‘जस्तो एउटा कोही घुँडा दुखेर आयो, ढाड दुखेर आयो वा घाँटी दुखेर आयो भने के कारणले दुख्या हो ? उसलाई कस्तो खालको फिजियोथेरापी उपचार गर्नुपर्छ भनेर डाक्टरलाई भन्दा फिजियोथेरापिस्टलाई बढी थाहा हुन्छ’ हेल्थपाटी पाटीसँगको कुराकानीका क्रममा अधिकारीले भन्नुभयो ।
नेपालमा पहिले डाक्टरकोमा गएरपछि मात्रै फिजियोथेरापिस्ट कहाँ आउने प्रचलन धेरै रहेको अधिकारीले सुनाउनुभयो ।
उहाँका अनुसार सिधै फिजियोथेरापिस्ट कहाँ जाने प्रचलन पहिले भन्दा अहिले बढेको छ।
फिजियोथेरापी सेवा दिनका लागि चिकित्सकको सिफारिस आवश्यक नभएको अधिकारीले स्पष्ट पार्नुभयो।
'पहिले चिकित्सक कहाँ गएर समस्या पहिचान गरेर आउँदा पनि हुन्छ तर सिधै आउँदा पनि फिजियोथेरापी उपचार दिन मिल्छ' अधिकारीले भन्नुभयो।
नेपालमा प्रायगरी अर्थाेपेडिक डाक्टरले यही थेरापी गर्नु भनेर तोकेरै पठाउने गरेको अधिकारीले जानकारी दिनुभयो ।
यही थेरापी गर भनेर डाक्टरले तोकेरै पठाउने भन्दा पनि फिजियोथेरापिस्ट आफैँले त्यो निर्णय गर्न पाउँदा उपचार प्रभावकारी हुने उहाँको दावी छ।
यसबारे डाक्टरलाई जानकारी हुने भएपनि यसमा नयाँ प्रविधिहरू के आइरहेको छ । कस्ता मेसिन प्रयोग गर्ने भन्नेमा अपडेट नहुनसक्ने अधिकारीले बताउनुभयो।
फिजियोथेरापिस्ट आफैँले सही पद्धति छनोट गरी उपचार गर्न पाउने प्रचलन बसाउन डाक्टरहरुले सहयोग गर्नु पर्ने उहाँको भनाइ छ ।
फिजियो थेरापी केहो ? कस्ता बिरामीलाई चाहिन्छ ? कस्ता बिरामीलाई चाहिन्छ ? लगायतका विषयमा हेल्थपाटीका लागि केदार गौतमले फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीसँग कुराकानी गर्नुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत