९० वर्षअघिको दशैं : मासु ल्याउने भनेपछि घरमा ठूलो उत्सव हुन्थ्यो (भिडियो)
अग्रज पत्रकार भैरव रिसाल ९६ वर्ष पुग्नुभयो । बाल्यकालमा मनाएको दशैं चाहिँ साँच्चिकै दशैं थियो भन्ने उहाँलाई लाग्छ ।
अहिले भन्दा त्यो बेलाकै दशैं निकै रमाइलो रहेको रिसाल सुनाउनुहुन्छ । ‘पहिलेको दशैं
साँच्चिकै दशैं थियो’ रिसाल भन्नुहुन्छ, ‘फेरि उमेरले पनि गर्ने रहेछ आफ्नो केही दायित्व थिएन रमाइलो मात्रै।’
त्यो करिब ९ दशक पहिलाको कुरा थियो ।
त्यो बेला पैसा हुँदैनथ्यो समान हुन्थ्यो । पैसा महंगो, वस्तु सस्तो थियो । अहिले पैसा सस्तो वस्तु महंगो भएका छन्।
वर्षमा ३ पटक मात्रै मासु खान पाइन्थ्यो- दशैं, चैते दशैं र माघे सक्रान्तिमा ।
मासु ल्याउने भनेपछि घरमा ठूलो उत्सव हुन्थ्यो।
काँचो इँटा र माटोले बनाइएको दुइ तले घर थियो । दशैंमा त्यो पोत्नुपर्थ्यो । लामो भर्याङ हालेर भित्ता पोतिन्थ्यो ।
चिउरा कुटेर ल्याएपछि चोरर खाइसक्छन् भनेर आमाले ननिफनीकन राख्नुहुन्थ्यो ।
‘हामी चिउरा खान पाउँदैनथ्यौँ बास्ना मात्रै खान्थ्यौँ’ उहाँ भन्नुहुन्छ।
फूलपाती भएपछि मात्रै चिउरा खान पाइनथ्यो। भोलिपल्ट अस्टमीको दिनमा खसी काटिन्थ्यो । भुँडी धुन जाने, चिउरा खाने हुन्थ्यो ।
दशैंमा बुबाले कपडा किनिदिनुहुन्थ्यो । जुत्ता चाहिँ कुनै वर्ष हुन्थ्यो कुनै वर्ष हुँदैनथ्यो ।
भक्तपुरको ताथली भन्ने ठाउँमा मामाघर थियो । मामाघर जाँदा बुबाले ४ पैसाको पेडा किनेर कोसेली लानुहुन्थ्यो । ससुरालीका आफन्तका घरैपिच्छे जाँदा सानो–सानो टुक्रा बनाएर दिनुहुन्थ्यो ।
‘यत्रो–यत्रो टुक्रा के, ४ पैसाको पेडा कति नै हुन्थ्यो र ?’ रिसाल हाँस्दै सुनाउनुहुन्छ।
ममा घरमा २ पैसा, ४ पैसा दक्षिणा पायो भने त्यो ठूलो कुरा हुन्थ्यो । पछि पत्रकार भएर पैसा कमाउन थालेपछि फेरि दशैंको छुट्टै रौनक हुने रिसालको अनुभव छ।
महिनाको १०० रुपैयाँ तलब आउँथ्यो । दशैंमा आफ्नो तलब लगेर बुबालाई दिँदा बुबा आफ्नो रवाफ नै छुट्टै हुन्थ्यो ।
‘आफू पैसा दिन सक्ने भएपछि त आफैँ नेता हुन खोजिन्थ्यो नि’ बुबा पनि खुसी हुनुहुन्थ्यो । आमा, घरका सबै परिवार खुुसी हुन्थे’ रिसाल भन्नुहुन्छ।’
हेल्थपाटी
तपाईँको अभिमत