नर्सको नामदर्ता परीक्षा असारमा, फारम अनलाइनबाट भर्न सकिने

फाइल फोटो
अ +
अ -
२०८० को वार्षिक क्यलेन्डर अनुसार नर्सको नामदर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा असार २३ र २५ गते हुने भएको छ । नेपाल नर्सिङ
परिषद्को २०८० को वार्षिक क्यालेन्डर अनुसार नर्स र मिडवाइफको असार २३ र विशेषज्ञको असार २५ गते परीक्षा मिति तोकिएको छ ।
परीक्षामा सामेल हुन अनलाइनमार्फत फारम भर्न सकिनेछ । जेठ १४ देखि असार १४ गतेसम्म फारम भर्न सकिने परिषद्ले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
परीक्षामा न्यूनतम प्रविणता प्रमाण पत्र वा बी एस्सी नर्सिङ उतीर्ण भएकाहरु परीक्षामा सहभागी हुन पाउनेछन् । साथै मिडवाइफरीको हकमा ब्याचलर उतीर्ण भएकाहरु हुनपर्नेछ ।
विशेषज्ञ नाम दर्ता परीक्षामा सहभागी हुन नर्सिङमा स्नातकोत्तर गरेको हुनपर्नेछ ।
हेल्थपाटी
तपाईँको अभिमत