आठौं नेपाल फर्मा एक्स्पो २०२२ आजबाट चितवनकाे भरतपुरमा सुरु हुँदै
नेपाल औषधि उत्पादक संघ (एपोन)ले गर्न लागेको ‘आठौं नेपाल फर्मा एक्स्पो २०२२’ आजबाट चितवनकाे भरतपुरमा सुरु हुँदैछ । एक्स्पाेका लागि सबै स्टल बुक भएको छ । एक्स्पोमा १६१ वटा स्टल रहने छन् । एक्स्पाेकाे आज दिउसाे १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।
२५ वटा स्वदेशी र बाँकी विदेशी औषधि कम्पनिको स्टल रहनेछन् । भारत, चीन, बंगालादेश लगायतका विदेशी औषधि उद्योगीहरुले स्टलमा सहभागी जनाउनेछन् ।
साथै एक्स्पाेमा स्वास्थ्यमन्त्री र उद्योगमन्त्रीले अवलोकन गर्नुहुनेछ ।
तीन दिनसम्म चल्ने एक्स्पोको १५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।डाक्टर, पारामेडिक्स,फर्मा एसिस्ट, स्वास्थ्यकर्मी लगायत औषधि क्षेत्रमा रुची राख्ने व्यक्तिहरुले एक्स्पोको अवलोकन गर्ने लक्ष्य लिइएको छ । एपोनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, औजार, विभिन्न किसिमका मेसिन, कच्चापदार्थ, प्याकेजिङ लगायतमा भएका विकास र उपलब्धिहरुको प्रदर्शनी प्रत्येक दुई बर्षमा गर्दै आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत