काठमाडौं उपत्यकामा मात्रै १९१६ जनालाई संक्रमण पुष्टि
अ +
अ -
पछिल्लो २४ घण्टामा ३५५३ जनालाई संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या बढेर आज १४ हजार ३४० पुगेको छ ।
आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १९२० जना रहेका छन् । काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ जनालाई संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा १५ हजार ८१ जनाको कोरोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । केहीदिन यता दिनैपिच्छे कोरोना भाइरस संक्रमण पुष्टि हुने संख्या बढिरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत