वीर अस्पतालकी पूर्व नर्सिङ इन्चार्ज सरिता बोहराको निधन
वीर अस्पतालकी पूर्व नर्सिङ इन्चार्ज सरिता बोहराको निधन भएको छ । मिर्गाैलासम्वन्धि रोगको उपचार गराइरहनुभएकी बोहराको उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको हो । उहाँलाई कोरोना पोजेटिसमेत देखिएको थियो । जनयुद्धको समयमा भुमिगतसमेत हुनुभएकी बोहरालाई सावित्रि भनेर पनि चिनिन्छ । जनयुद्धका घाइतेहरुको उपचारमा उहाँ सहभागी हुनुभएको थियो ।
वीरमै कार्यरत नर्स कल्पना ढुंगेलले नर्स सरितालाई स्मरण गर्दै फेसवुकमा लेख्नुभएको छ, ‘देशका लागी आफ्ना खुशीहरु बिर्सेर ४६ साल अघि र पछी दुबै समयमा हाम्रा थुप्रै नेताहरुलाई जेल भित्र र बाहिर आफुले सक्ने सम्म सम्पुर्ण सहयोग गर्नु हुने, उहाँको सहयोग पाउने नेताहरु प्रधानमन्त्रीको गरिमामय पद सम्म पनि पुग्नु भयो धेरै नै मन्त्रीहरु पनि हुनु भयो। तर नेताहरुले विगतमा त्याग गर्ने र प्रमुख सहयोग गर्नेहरुलाई बिर्सने यो सबै नेताहरुमा देखिएको समस्या हो र यस कुरामा सँधै दुख लाग्छ भन्नु हुन्थ्यो र लामो समय देखी वीर हस्पिटलको नर्सिङ इन्चार्ज समेत समाल्दै आउनु भएर आफ्नो अनुभवले हेर्दा चिकित्सा क्षेत्रमा धेरै ठुलो सुधारको खाँचो छ भन्नु हुने, यो देशकी छोरी, केही समय अघि देखी आफु कार्यरत यहि हस्पिटलमा उपचाररतको अवस्थामा हुनु हुन्थ्यो र आज समयले आफ्नो मृत्युपासमा पारेर लगेको खबरले हामी सम्पुर्ण नर्सिङ स्तव्ध भएका छौं ।’
हेल्थपाटी
तपाईँको अभिमत