एसएनडीबीद्वारा नेपाललाई एक लाख ट्याब्लेट सिटामोल सहयोग
काठमाडौं । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली चिकित्सकहरुको संस्था सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश (एसएनडीबी) ले नेपालका लागि एक लाख ट्याव्लेट सिटामोल अनुदान सहयोग गरेको छ ।
नेपाली बजारमा सिटामोलको अभाव भएको खबर आइरहेका बेला एसएनडीबीले वर्ल्ड नेप्लिज स्टुडेन्ट अर्गानाइजेसन (डव्लुएनएसओ) संगको सहकार्यमा सिटामोल अनुदान सहयोग गरेको हो ।
एसएनडीबीका प्रतिनिधि डा.दीपक यादव र डा.आलोक झाले बंगलादेशका लागि नेपाली राजदूत डा बंशीधर मिश्रलाई इन्सेप्टा फर्मास्युटिकल्सले उत्पादन गरेको ५०० एमजीको १ लाख थान सिटामोल हस्तान्तरण गर्नुभएको छ ।
अनुदानको सिटामोल बुझेपछि राजदूत मिश्रले देशलाई संकट परेको बेलामा विदेशमा रहेका चिकित्सक तथा विद्यार्थीहरुको संस्थाबाट यसरी सहयोग हुनु अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत