राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार जोशीलाई
राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पदमराज जोशीले पाउनुभएको छ । नवलपरासी (पूर्व)मा आज भएको एक समारोहका बीच जोशीले पुरस्कार ग्रहण गर्नुभएको हो ।
राधा क्यान्सर सचेतना फाउन्डेसनले प्रदान गर्ने पुरस्कार जोशीले ग्रहण गर्नुभएको हो ।
जोशी हेल्थ टुडे पत्रिकाका सम्पादक हुनुहुन्छ । लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएका उहाँ दशरथचन्द नगरपालिका ९ बैतडीका हुनुहुन्छ ।
पुरस्कार गण्डकी प्रदेश सभा सदस्य रोशनबहादुर गाहाको हातबाट ग्रहण गर्नुभएको थियो ।
समारोहलाई सम्बोधन गर्ने क्रममा प्रदेशसभा सदस्य गाहाले खानपानकै कारण क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्ने भएकाले सर्वसाधारणलाई सचेत गराउन आवश्यक रहेको बताउनुभएयो।
रोग लागिसकेपछि भन्दा रोग लाग्नै नदिन सजग हुनुपर्नेमा उहाँको भनाइ थियो । ‘यस्ता खाले पुरस्कारले सचेतनामा लाग्न प्रेरित गर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्छ’, उहाँले भन्नुभयो ।
यस्तै कार्यक्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश बस्यालले क्यान्सरको जोखिम बढ्दै गएको बताउनुभयो । सन् २०५० मा क्यान्सरको दर ९१ प्रतिशत बढ्ने भनेर प्रक्षेपण भइरहेका बेला सरकारले नियन्त्रणको उपयुक्त योजना बनाउन नसकेकोमा उहाँले दुःखसमेत व्यक्त गर्नुभयो ।
अध्यक्ष बस्यालले क्यान्सर पीडितलाई राख्नका लागि स्वास्थ्यकर्मीसहितको दिवा सेल्टर होम बनाउन गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।
विसं २०४८ सालमा जन्मनुभएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरका कारण मृत्युवरण गर्नुभएको थियो । एक दशक भन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आउनुभएको थियो ।
राधाले वैवाहिक जीवनपछि व्यक्तिगत रूपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आउनुभएको थियो । त्यसैक्रममा फाउन्डेसनको जन्म भएको थियो ।
फाउन्डेसनले प्रत्येक वर्ष क्यान्सर सचेतनामा कलम चलाउने एक जना पत्रकारलाई २० हजार राशीको 'राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार' प्रदान गर्दै आइरहेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत