बेलायतमा एकैदिन ९० जनामा कोरोनाको ओमीक्रोन भेरियन्ट भेटियो
कोभिड–१९ भाइरसको नयाँ भेरियन्ट ओमीक्रोन विश्वका विभिन्न मुलुकमा फैलने क्रम तीब्र भइरहेको छ । यसैबीच बेलायतमा एकैदिन ९० जनामा नयाँ भेरियन्ट पुष्टि भएको छ ।
सोमबार बेलायतमा ९० जनामा नयाँ भेरियन्ट ओमीक्रोन रहेको पुष्टि भएको सिन्ह्वाले जानकारी दिएको छ । बेलातयका स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले दिएको खबर अनुसार ओमीक्रोन भेरियन्ट पुष्टि हुने ९० मध्ये इङ्ल्याण्डमा ६४, स्कटल्याण्डमा २३ र वेल्स राज्यमा ३ जना छन् ।
उत्तरी आयरल्याण्डमा अहिलेसम्म नयाँ भेरियन्ट फेला परेको छैन ।
यो सहित बेलायतमा नयाँ भेरियन्ट पुष्टि हुनेको सख्या ३३६ पुगेको छ ।
सोमबार बेलायतमा ५१ हजार ४५९ नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण ४१ जनाको मृत्यु भएको छ ।
यहाँ हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १ करोड ५ लाख भन्दा बढी पुगेको छ । १ लाख ४५ हजार भन्दा धेरैले कोरोनाबाट ज्यान गुमाएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत