एकैदिन ३३०७ डिस्चार्ज, संक्रमित भन्दा डिस्चार्ज हुने धेरै
२४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु

फाइल तस्विर
काठमाडौं । पछिल्लो २४ घण्टामा संक्रमितभन्दा डिस्चार्ज हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् । यो सँगै देशभर डिस्चार्ज हुनेको संख्या ६० हजार ६९७ पुगेको छ ।
आज देशभर थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । यसैबीच २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।
मृत्यु हुनेहरुमा मोरङका २७ र ३२ वर्षका पुरुष, ललितपुरका ७० वर्षका पुरुष, भक्तपुरकी ६१ वर्ष, ५१ वर्ष, ६७ वर्षकी महिला, मकवानपुरका ७८ वर्षका पुरुष, रुपन्देहीका ६० वर्षका पुरुष, बाँकेका ५२ र ५९ वर्षका पुरुष तथा सुर्खेतकी ७५ वर्षकी महिला रहनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत